सुरु भयो लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०७५, १५ : ४५
सुरु भयो लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान

काठमाडौं । आईतबारबाट देशभर ‘लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान’ सुरु भएको छ ।  सबै प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय तहमा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा शुभारम्भ गरिएको सो अन्तर्राष्ट्रिय अभियानको काठमाडौंमा एक कार्यक्रमका बीच उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले महिला हिंसा हुनै नदिने गरी महिलाहरुलाई सशक्त बनाउने घोषणा गरे । उनले महिला हिंसाका अपराधिलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिए । एक वर्ष भित्र महिला हिंसाको घटनामा उल्लेख्य कमी ल्याउने मन्त्री ज्ञवालीको भनाई छ ।
कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला हिंसा हुन नदिन वडा तहसम्म सो अभियान संचालन गरिएको स्पष्ट पारे । उनले महिला हिंसा हुन नदिन सरकारले स्थानीय तहदेखि नै सशक्त अभियान चलाउने  योजना अघि सारेको पनि स्मरण गराए ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संविधानले स्थानीय सरकारलाई पूर्ण अधिकार दिएको उल्लेख गर्दै महिला हिंसा हुन नदिन सशक्त अभियान संचालन गर्न आह्वान गरे । उनले महिला हिंसा केन्द्र सरकारको प्रयासमा मात्रै अन्त्य हुन नसक्नेतर्फ पनि सबैलाई सचेत गराए ।

महिला हिंसाविरुद्धको यो अभियानमा मंसिर २४ गतेसम्म संचालन हुनेछ । यस वर्षको लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको नारा ‘लैगिंक हिंसा र दूव्र्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने तय गरिएको छ । सरकारले यो अभियानमा सहभागी हुन ७ वटै प्रदेश, ७७ वटा जिल्ला समन्वय समिति र ७ सय ५३ वटै स्थानीय तहलाई आह्वान गरेको छ । सरकारले विक्रम संवत २०५४ सालदेखि लैगिक हिंसा विरुद्धको सो अभियानलाई विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस