ज्वाईंको वर्थ डे पार्टीमा पूर्व राजा ज्ञानेन्द्र शाहको डान्स (फोटोफिचर)

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०७५, १२ : ४३
ज्वाईंको वर्थ डे पार्टीमा पूर्व राजा ज्ञानेन्द्र शाहको डान्स (फोटोफिचर)

काठमाडौं । पूर्वराजपरिवारका सदस्यहरू दरबारमार्गस्थित एक  रेष्टुरेन्टमा भएको वर्थ डे पार्टीमा  रमाएका छन् ।

शुक्रबार पूर्व राजा ज्ञानेन्द्र शाहका ज्वाईं राजिव शाहीको जन्मदिनको अवसरमा वर्थ डे मनाउन पूर्वराजपरिवारका सदस्यहरू त्रिशारा गार्डेन अफ हेभनमा पुगेर रमाएका हुन् । 

त्यस अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले डान्स गरेका छन् । ज्ञानेन्द्रले आफन्तसँगै नाचगान गरेका हुन् । 
पार्टीमा ज्ञानेन्द्र शाहसँगै पूर्वरानी कोमल, पूर्व युवराज पारससहित राजपरिवारका सदस्यहरु सहभागी थिए । तर, हिमानी भने देखिइनन् ।

प्रतिक्रिया दिनुहोस