सामाजिक बिषयमा निर्माण भएको फिल्म ‘डोली’को ट्रेलर सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, ०७ मंसिर २०७५, १९ : १२
सामाजिक बिषयमा निर्माण भएको फिल्म ‘डोली’को ट्रेलर सार्वजनिक

काठमाडौं  । सामाजिक बिषयमा निर्माण भएको फिल्म ‘डोली’ले ट्रेलर ल्याएको छ । राजबहादुर सानेको लेखन र निर्देशन रहेको डोली २८ मंसिरबाट देशभर प्रदर्शनमा आउँदैछ । सार्वजनिक ट्रेलरमा लभ, एक्शन, कमेडी सबै सश्रण गरिएको छ ।

किरण नेपालीले निर्माण रहेको चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ,सानीया खान,संगीता नापीत,नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा,  हिउवाला गौतल लगायतको मुख्य भुमिकामा अभिनय देख्न सकिन्छ । 

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म आरआर फिल्मस् र जिजिए ग्रुपले बितरण गर्दैछ । डोलीले मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत प्रभावह गर्ने निर्माण युनिटले बताएको छ । 

 

प्रतिक्रिया दिनुहोस