हेर्नुहोस् छातीमा ट्याटु खोपेका नेपाली कलाकार (तस्बिरसहित)

सफल खबर संवाददाता

शुक्रबार, ०७ मंसिर २०७५, १७ : ५२
हेर्नुहोस् छातीमा ट्याटु खोपेका नेपाली कलाकार (तस्बिरसहित)

काठमाडौं । ट्याटु खोपाउने प्रचलन नेपालमा धेरै पहिले नै आएको हो । आधुनिक समाजमा ट्याटुलाई सुन्दरतासँग जोड्नेहरु पनि छन् । तर, अहिले नेपालमा ट्याटुले राम्रै बजार पाएको छ । अझ बढी यसमा मोडल तथा अभिनेत्रीहरु आकर्षित हुन थालेका छन् । केही अभिनेत्रीहरु त बजारमा चल्न छाडेपछि गोप्य स्थानमा ट्याटु खोपाएर पुन बजारमा चर्चा कमाउन चाहन्छन् । कतिपयले ट्याटु स्टन्टलाई फलो गरे । र, चर्चा पनि ह्वात्तै पाए । 



ट्याटुमार्फत पुन चर्चामा आएकी अभिनेत्री हुन् सुष्मा कार्की । उनले स्तनमा ट्याटु खोपाएकी छन् । उनले छातीमा गुलाब फूललाई ट्याटुमार्फत देखाएकी छन् । उनी छातीमा रहेको आफ्नो ट्याटु देखाउन कुनै हिच्किचाहट मान्दिनन् । पुरुषहरुको नजर महिलाको छातीमा जाने भएकाले उनले त्यसकै सिको गरेकी हुन् ।

त्यस्तै अर्की सदावहार अभिनेत्री करिष्मा मानन्धरले पनि छातीको बाया भागमा सुन्दर ट्याटु खोपेकी छन् । करिष्माको छातीमा नेपाली राष्ट्रिय फूल लालिगुराँसको चित्र देख्न सकिन्छ । उनी कुनै पनि कार्यक्रममा जाँदा ट्याटु देखिने पहिरन लगाएर जाने गरेकी छन् । उनको ट्याटुको विषयमा बाहिर कुरा हुने गरेपनि केही प्रतिक्रिया दिएकी छैनन् । 

केही न केही फण्डा मच्चाएर मिडियामा आइरहने नाम हो शुभेच्छा थापा । त्यस्तै उनी छातीमा खोपिएको ट्याटुका कारण पनि कुनैबेला मिडियामा छाएकी थिइन् । उनले छातीमा नेपालको झण्डाको चित्र खोपिएको छ । उनले आफूलाई चर्चामा ल्याउन छातीमा दुइटा नेपालको झण्डा खोपाएको बताइन्छ ।

त्यस्तै गायिका लक्ष्मी आचार्यले पनि स्तनमा ट्याटु खोपेकी छन् । उनी बोल्न तथा सेक्सी फोटोशूट र अन्तवार्ताका कारण चर्चित छिन् । उनले छातीमा ‘ॐ’ अंकित ट्याटु खोपाएकी छन् ।

फिल्म ‘एटिएम’बाट चर्चा कमाएकी अभिनेत्री जिया केसी बोल्ड सिनका लागि परिचित छिन् । जियाको बायाँ स्तनमाथि ट्याटु छ । फोटोशूटका क्रममा उनले आफ्नो छातीको ट्याटुलाई खुलेर एक्सपोज गर्ने गरेकी छन् ।

अहिलेको चल्तीको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको ट्याटुले पनि एकताका फिल्मी बजार तताएको थियो । उनले स्तनको तल्लो भागमा ट्याटु खोपाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  

प्रतिक्रिया दिनुहोस