मिस वर्ल्डमा अग्रता लिँदै नेपालकी शृंखला

पत्रपत्रिकाबाट

शुक्रबार, ०७ मंसिर २०७५, ०७ : १९
मिस वर्ल्डमा अग्रता लिँदै नेपालकी शृंखला

काठमाडौं  ।  यतिबेला चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी भिडन्तमा छन् । 

सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी २३ बर्षिय मिस नेपाल शृंखला खतिवडा टप ३२ मा परेकी थिईन् । 

प्रतिस्पर्धा अन्र्तगत विभिन्न् फरक ईभेन्टमा भाग लिँदै अघि बढेकी खतिवडा भोटिङमा भने सबैभन्दा अगाडि छिन् ।

मिस वल्र्ड आयोजनकको वे साईटका अनुसार हालसम्मको अत्याधिक भोट पाउने प्रतिस्पर्धीमा खतिवडा नै छिन् । 

उनले हालसम्म जम्मा भएको भोटिङमध्ये ३० प्रतिशत बढी भोट विश्वभरबाट पाईसकेकी छिन् । 

दोस्रोमा ९ प्रतिशत फ्रान्स, तेस्रोमा युगाण्डा ७ प्रतिशत, चौथोमा रसिया ५ प्रतिशत र पाँचौ स्थानमा टर्की, तान्जानिया, बंगलादेश ५ प्रतिशत भोटका साथ अघि बढिरहेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस