जनता बैंक नेपालको संचालकमा मीनाकुमारी सैंजु नियुक्त

सफल खबर संवाददाता

विहीबार, ०६ मंसिर २०७५, १६ : ०३
जनता बैंक नेपालको संचालकमा मीनाकुमारी सैंजु नियुक्त

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको बुधबार सम्पन्न संचालक समितिको बैठकबाट मीनाकुमारी सैंजुलाई संचालकमा नियुक्त गरिएको छ । निजलाई बैंकको रिक्त रहेको स्वतन्त्र संचालकमा नियुक्त गरिएको हो । 

संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त दिनमै उहाँलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव रहेकी सैजु नेपाल बैंक लिमिटेडबाट बि.सं. २०६९ नायब महाप्रबन्धकबाट सेवानिवृत्त हुनु भएको हो । बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र विशेष दखल राख्नुहुने सैजुको नियुक्तीले बैंक संचालनमा धरै सहयोग प्राप्तहुने विश्वास लिइएको छ । 
 

प्रतिक्रिया दिनुहोस