प्रियंका चोपडाले बनाएको नेपाली फिल्म ‘पाहुना’ को ट्रेलर सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, ०५ मंसिर २०७५, १७ : ०६
प्रियंका चोपडाले बनाएको नेपाली फिल्म ‘पाहुना’ को ट्रेलर सार्वजनिक

बलिउड अभिनेत्री प्रियंका चोपडाले पहिलो पटक निर्माण गरेको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर्स’ को अफिसियल ट्रेलर लञ्च भएको छ । नेपाली भाषामा अंग्रेजी सबटाइटल राखेर ट्रेलर तयार पारिएको छ । पाखी ए टायरवाला निर्देशित फिल्म ७ डिसेम्बर, २०१८ (मंसिर २१) मा रिलिज हुँदैछ । 

एक बालकले आफ्ना दुई भाई-बहिनीका लागि गरेको संघर्ष ट्रेलरमा देखाइएको छ । फिल्मलाई प्रियंका र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्माण गरेको हो । फिल्मले नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथा वाचन गरेको छ । 

जर्मनीमा गएको महिना सम्पन्न 'श्लिंगेल इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिवल' मा ‘पाहुना’ ले अन्तर्राष्ट्रिय फिचर फिल्म श्रेणीमा बेस्ट फिल्म (जुरी च्वाइस) र स्पेशल मेन्सन बाई प्रोफेशनल जुरी अवार्ड जितेको थियो । इसिका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राई, विनोद प्रधानलगायतका नेपाली कलाकारहरुको फिल्ममा अभिनय छ । 

 

प्रतिक्रिया दिनुहोस