आधुनिक गीत “पराई” को म्युजिक भिडियो सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, ०५ मंसिर २०७५, ११ : ०३
आधुनिक गीत “पराई” को म्युजिक भिडियो सार्वजनिक

चितवन । “म हुँ भूमि चितवन”, “पूर्णिमा नि औशी भयो”, “कसरी बिस्र्यौ माया तिमीले” लगायतका दर्जनौ गीतहरुमा शब्द संकलन गरिसकेका किशोर कुमार शर्मा (मरासेनी) को शब्द संकलन र चर्चित गायका अञ्जु पन्तले स्वर दिएको “पूर्णिमा” नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

कुसुमदिप नेपाल नामक युवट्यूट मार्फत उक्त म्युजिक भिडियो प्रस्तुतिमा ल्याइएको छ । राजेश श्रेष्ठद्वारा संगीत भरिएको उक्त “पराई” नामक गीतलाई आभास रानाले निर्देशन एवं छायाँकन गरेका हुन् । रानाले यसअघि दर्जनौ म्युजिक भिडियो, टेलिसिरियल, विभिन्न विज्ञापनहरुको समेत निर्देशन समेत गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस