चलचित्र ‘न यता न उता’ माघ २५ मा रिलिज हुने

मंगलबार, ०४ मंसिर २०७५, १२ : ५६
चलचित्र ‘न यता न उता’ माघ २५ मा रिलिज हुने

'न यता न उता' सिनेमाले आफ्नो रिलिज मिति घोषणा गरेको छ। फिल्म माघ २५ मा रिलिज हुने जनाइएको छ।

मिराज रोश र विशारद बस्नेतको संयूक्त निर्देशन रहेको सिनेमालाई कमेडी जनरामा राखिएको छ।

त्रन्त्रालय फिल्म्स र हाइलाइट नेपालको ब्यानरमा निर्माण भएको सिनेमामा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दीक्षित, बुद्धि तामाङ, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुभिना तुलाधर, राजन खतिवडा, जयनन्द लामा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

सिनेमामा राजन इशान र मिलन जलानको संगीत, विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायाँकन, निदेशक मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद, विपिन मल्लको सम्पादन रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस