फिजीमा शक्तिशाली भूकम्प

एजेन्सी

सोमबार, ०३ मंसिर २०७५, १५ : ५०
फिजीमा शक्तिशाली भूकम्प

लम्बासा, फिजी । टापूहरुले घेरिएको देश फिजीमा आइतबार साँझ शक्तिशाली भूकम्प गएको छ । यो भूकम्प ६.७ म्याग्नीच्युड मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ । 
उक्त भूकम्प स्थानीय समयानुसार आइतबार राति ८ः२५ बजे गएको थियो । यस भूकम्पका कारण मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन । हालसम्म सुनामीको चेतावनी समेत दिइएको छैन । 
गत सेप्टेम्बरमा पनि फिजीमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको थियो । फिजीमा बारम्बार भूकम्प जाने र ज्वालामुखीले सताउने गरेको छ । (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस