नेपाल आइडलका टप ८ मा अटाउन सफल प्रतियोगीले गाए लोकगीत

सफल खबर संवाददाता

शुक्रबार, ३० कार्तिक २०७५, १७ : ५६
नेपाल आइडलका टप ८ मा अटाउन सफल प्रतियोगीले गाए लोकगीत

काठमाडौं ।  नेपालकै पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज्ड टिभी रियालिटी शो ‘नेपाल आइडल’ अन्तर्गत बिहिबारको ‘शो’ विषेश रह्यो । ‘नेपाली मौलिक पहिचान, संसार चिनाउने नेपालीको शान’ नारा रहेको ‘नेपाल आइडल’मा बिहिबार टप ८ मा अटाउन सफल प्रतियोगीले लोक गीतका साथ स्टेजमा देखिए । 

‘जीवन्त कला, संस्कृति, साहित्य र सङ्गीतको सम्मिश्रण 
तमाम् अग्रज लोक सङ्गीतका साधकमा समर्पण’ 

यो एपिसोडको नारा रहेको थियो । विभिन्न चरणबाट छानिएर आएका ८ प्रतियोगीले विभिन्न लोक गीत प्रस्तुत गर्दा निणार्यकदेखि दर्शकसम्म मन्त्रमुग्ध बनेका थिए ।  अमित बराल, अष्मिता अधिकारी, क्रिषल कँडेल, बिक्रम बराल, पवन गिरी, निलिमा थापामगर, रवि अवद र सुमित पाठक टप ८ भित्र रहेका छन् । 

यीमध्ये कम मत ल्याउने प्रतियोगीमध्ये एकजना अबको एपिसोडबाट बाहिरिने छन् । आफूलाई मनपर्ने प्रतियोगिलाई रेस्पेक्ट एण्ड राइज नामको एप्समार्फत भोट हाल्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस