संसारको सबैभन्दा आकर्षक महिलामध्येकी एक अष्ट्रेलियाकी मोडल जेसिका (तस्बिरमा हेर्नुहोस्)

एजेन्सी

विहीबार, २९ कार्तिक २०७५, १७ : १७
संसारको सबैभन्दा आकर्षक महिलामध्येकी एक अष्ट्रेलियाकी मोडल जेसिका (तस्बिरमा हेर्नुहोस्)

अष्ट्रेलियाकी मोडल जेसिका गोमेजले संसारको सबैभन्दा आकर्षक महिलामध्येकी एक हुन् । उनले सन् २०१२, २०१३ र २०१४ मा ‘वर्ल्ड मोस्ट डिजाइरेबल वुमन’ को उपाधि हात पारेकी छिन् ।

अष्ट्रेलियाकी मोडल जेसिका गोमेज एसआई स्विमस्विट मोडल पनि हुन् । जेसिका गोमेज टोकियो, हंगकंग, सियोल, साङ्घाइ र बेइजिङको मार्केटमा काम गर्ने भएकाले अष्ट्रेलिया र एसियामा निकै चर्चित छिन् ।
मोडलिङमा प्रवेश गर्नुअघि जेसिका डेभिड जोन्स लिमिटेड, एलजी इलेक्ट्रोनिक्स र ह्युन्देकी प्रवक्ताको रुपमा काम गर्दथिन् ।
जेसिकाले भिक्टोरिया सिक्रेट, गार्नियर, लिभाइस, डिकेएनवाई र मोटोरोलालगायतका अन्तर्राष्ट्रिय ब्रान्डका लागि मोडलिङ गरेकी छिन् । जेसिका गोमेजले एसआई स्विमसुटका लागि सन् २००८ देखि २०१५ सम्म मोडलिङ गरिन् । एसआईबाहेक जेसिका भोग, ग्ल्यामर, भिक्टोरिया सिक्रेट क्याटलग र अमेरिकन ग्ल्यामरमा फिचरसमेत भइन् । जेसिका गोमेसलाई सन् २०१७ फिल्म वान्स अपन अ टाइम इन भेनिसमा ब्रुस विलिससँगै देखिएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस