भोलिदेखि पूर्वी क्षेत्र महोत्सव, कलाकारहरुले धुम मच्याउँदै

सफल खबर संवाददाता

विहीबार, २९ कार्तिक २०७५, १३ : ५६
भोलिदेखि पूर्वी क्षेत्र महोत्सव, कलाकारहरुले धुम मच्याउँदै

चितवन । भोलि कात्तिक ३० गतेदेखि रत्ननगरमा पूर्वी क्षेत्र महोत्सव हुने भएको छ । महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएका छन् । मंसिर ११ गतेसम्म हुने महोत्सव एनएस क्रियसन एण्ड इभेन्ट्स प्रालिको आयोजनामा हुन लागेको हो । 
रत्ननगर ४ शान्तिचोकस्थित खुला चौरमा हुने पूर्वी क्षेत्र महोत्सवको तयारी ९५ प्रतिशत काम सकिएको महोत्सव मूल समारोह समितिका संयोजक नीरज श्रेष्ठले जानकारी दिनुभयो । 

झकिझकाउ महोत्सव स्थल
महोत्सव स्थललाई झकिझकाउ बनाइएको छ । महोत्सवमा मन्दिर आकृतिको आकर्षक गेट तयारी भइसकेको छ । ठाउँठाउँमा स्वागत गेट निर्माणको काम पनि सम्पन्न भइसकेको छ । रत्ननगरको टाँडी बजारलाई झकिझकाउ बनाइएको छ । ठाउँठाउँमा महोत्सवका ब्यानर टाँगिएको छ ।
लायन्स क्लब अफ चितवन राइनो सिटी महोत्सवको प्रचार संस्थाका रुपमा रहेको छ । 
चितवनको कृषि र पर्यटनसँगै सामाजिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले बताएका छन् । व्यावसायिक प्रवद्र्धनका अतिरिक्त शव वाहन सञ्चालन, पत्रकार संरक्षण कोष, लायन्स असहाय बालकोष स्थापना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ । संयोजक श्रेष्ठका अनुसार महोत्सवले स्थानीय व्यापार, उद्योग, कृषि, पर्यटन, धार्मिक क्षेत्रको प्रवद्र्धन गर्नेछ ।
महोत्सवमा रहेका ३०० वटा स्टल बुकिङ भइसकेका छन् । स्टलबाट महोत्सव अवलोकनकर्ताले सर्वसुलभ मूल्यमा चाहिने सामग्रीहरु किनमेल गर्न सक्नेछन् । 

कलाकारले धुम मच्चाउने 
पूर्वी क्षेत्र महोत्सवमा हरेक दिनजस्तो सांस्कृतिक कार्यक्रमहरु आयोजना हुनेछ । स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको उपस्थित हुने महोत्सव मूल आयोजक समितिले जनाएको छ । दैनिकजसो कुनै न कुनै राष्ट्रिय कलाकारहरु महोत्सवको सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । 
राष्ट्रियस्तरका गायक तथा गायिकाहरु महोत्सवमा सहभागी भएर दर्शकलाई मनोरञ्जन दिनेछन् ।  
अहिलेका चर्चित गायक गायक शिव परियारसमेत महोत्सवमा धुम मच्चाउन आउने पक्का भएका छन् । यसबाहेक लोकप्रिय वृद्धवृद्धाहरुको ढुकढुकी बनेका बद्री पंगेनीको पनि महोत्सवमा प्रस्तुति हुनेछ । यस्तै कलाकारहरु प्रीति आलेमगर, राजनराज सिवाकोटी, बबिता जेरीलगायतका कलाकारहरुले महोत्सवमा धुम मच्चाउन आउने भएका छन् ।  राजनराज सिवाकोटी, प्रीति आलेमगर, बबिता जेरीलगायतका कलाकारहरुको प्रस्तुति रहने छ । यसैगरी मिलन लामा, रेशमराज भट्टराई, प्रकाश सपुत हास्यकलाकार जितु नेपाल र दिनेश काफ्लेको समेत प्रस्तुति रहनेछ । 

केके हुँदैछ महोत्सव स्थल बाहिर ?
महोत्सव स्थलबाहिर शान्तिचोकमा फुड फेस्टिबल हुने भएको छ । महोत्सव अवधिभर शान्तिचोकमा फुड फेस्टिबल हुने आयोजकको भनाइ छ । यसबाहेक महोत्सवमा आउने अवलोकनकर्ताहरुलाई धर्मधाम जिरौनाको मन्दिर घुम्ने व्यवस्था मिलाइएको छ । 

प्रतिक्रिया दिनुहोस