चलचित्र  ‘भिलेन’को पहिलो गीत ‘च्यानाकुटी झ्याई झ्याई...’ सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, २८ कार्तिक २०७५, १८ : ४१
चलचित्र  ‘भिलेन’को पहिलो गीत ‘च्यानाकुटी झ्याई झ्याई...’ सार्वजनिक

काठमाडौं  ।  २७ पुसबाट प्रदर्शनमा आउने चलचित्र  ‘भिलेन’ले पहिलो गीत ‘च्यानाकुटी झ्याई झ्याई...’ सार्वजनिक गरेको छ ।  अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर रहेको गीतमा कपिल खत्री र अभिनेत्री शिल्पा पोखरेलले कोरका साथ नृत्य गरेका छन् । 

एकनारायण भण्डारीको शब्द रहेको गीतमा लालकुमार बरालले संगीत भरेका छन् । गीतमा कोरियोग्राफी दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठको छ । गीतको अत्यमा अभिनेता निखिल एक्सन अवतारमा देखिएका छन् । 
द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ ‘शितल’ले निर्माण गरेका हुन् ।  चलचित्रमा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह–निर्मातामा छन् । 

निखिल, शिल्पा र कपिलको अलवा चलचित्रमा निशा अधिकारीको पनि मुख्य भुमिका रहेको छ । मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायाँकन, बाबु गिरी, लालकुमार बरालको संगीत रहेको चलचित्रमा  शुक्रराज शाहको द्वन्द्व छ । 

 

प्रतिक्रिया दिनुहोस