यसकारण गालामा पिम्पल्स आउँछ

बुधबार, २८ कार्तिक २०७५, ११ : ४१
यसकारण गालामा पिम्पल्स आउँछ

-जंकफुड र तारेको खाना, अन्डा, एन्ड्रोजनजस्ता जिम सप्लिमेन्टको प्रयोगले पिम्पल्सको समस्या हुन सक्छ ।
-आयल मोस्चराइजर, सनस्क्रिमलगायतको गलत प्रयोग तथा लामो समयसम्म मेकअप राखिराख्दा पिम्पल्स आउने गर्छ । यसको एउटा कारण तनाव पनि हो ।
-महिलामा महिनावारी र हर्मोन असन्तुलनको कारण पनि पिम्पल्सको समस्याबाट ग्रसित हुन्छन् ।
-बढी आयली छाला भएका मानिसमा यसको समस्या हुन्छ । तर, यसलाई निचर्नु, चिमोट्नु हुँदैन । यसो गर्दा दाग बस्छ र त्यसकै कारण पिगमेन्टेसन हुन सक्छ । जसको उपचार गर्न निकै
गाह्रो हुन्छ ।
-मुख्यतया अनुहार, गाला र निधारमा पिम्पल्स आउने गर्छ । यसका साथै छाती र ढाडको माथिल्लो भाग र पाखुरामा पनि पिम्पल्सको समस्या हुन्छ । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस