भ्रष्टाचार काण्ड लुकाउन राजावादीले आतङ्क मच्चाए भनिँदैछ : सांसद सिंह

सफल खबर संवाददाता

सोमबार, १५ बैशाख २०८२, ११ : ५५
भ्रष्टाचार काण्ड लुकाउन राजावादीले आतङ्क मच्चाए भनिँदैछ : सांसद सिंह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको घटना ओझेल पार्न सरकारले राजावादीहरूले आंतक मच्चाएको हौवा फैलाएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको घटना ओझेल पार्न सरकारले राजावादीहरूले आंतक मच्चाएको हौवा फैलाएका छन् ।’

उनले आफूहरू राजा चाहिन्छ भन्ने मान्छे भएको बताए । तर, आफूहरूको राजा चाहिन्छ भन्ने धारणालाई लिएर भ्रष्टाचार काण्ड लुकाउन नपाइने उनको भनाइ थियो । उनले भ्रष्टाचारको छानबिन गर्न माग गरे ।

 

प्रतिक्रिया दिनुहोस