काठमाडौँ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षामन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराई नैतिक धरातल उच्च भएको बताएकी छन्। शिक्षक आन्दोलन चलिरहेको बेलामा हिजो शिक्षामन्त्री भट्टराईले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई भेटेर राजीनामा बुझाएकी थिइन्।
शिक्षामन्त्रीबाट भट्टराईको राजीनामाको विषयलाई लिएर एमाले वृत्तमा विभिन्न टीकाटिप्पणी भइरहेको छ। कतिपयले शिक्षा विधेयक ल्याउन प्रधानमन्त्री ओलीले असहयोग गरेकै कारणले भट्टराईले पदबाट राजीनामा दिनु परेको आरोप लगाउँदै आइरहेका छन्।
यही चर्चा चलिरहेको बेलामा एमाले उपाध्यक्ष शाक्यले भट्टराईको राजीनामाको विषयलाई लिएर नेतृत्व सामू प्रश्न उठाएकी छन् ।‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो ? विद्या भट्टराई सक्षम इमान्दार नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ? उहाँलाई सहयोग किन भएन ?’ भन्दै प्रश्नसहित भट्टराईको फोटो राखेर शाक्यले शेयर गरेकी छन् ।
उनले भट्टराईको नैतिकता सबैको लागि प्रेरणा बन्नुपर्ने उल्लेख गरेकी छन् । थपेकी छन्, ‘कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको छ। कमरेड विद्या तपाईँको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अझै सामन्ती अवशेष र पितृसत्ता हाबी छ : अष्टलक्ष्मी शाक्य