बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो

सफल खबर संवाददाता

मंगलबार, ०९ बैशाख २०८२, १३ : १६
बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो

काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिका-१० को घटियाघाटमा जलेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ ।

मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शव बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राना मंगलबार बिहान साढे ४ बजे कोलकाता जाने भन्दै मोटरसाइकलमा घरबाट हिंडेको पाइएको छ ।

राना बिहान जलेको अवस्थामा फेला परेका थिए भने मोटरसाइकल नजिकै जलिरहेको थियो । नेपाल प्रहरीको धनगढीमा रहेको कुकुर शाखाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर लगिएको छ ।

 

प्रतिक्रिया दिनुहोस