घट्यो पेट्रोल, डिजेलको मुल्य, कति पर्छ लिटरको ?

सफल खबर संवाददाता

शनिबार, १९ जेठ २०८१, ०६ : ५८
घट्यो  पेट्रोल, डिजेलको मुल्य, कति पर्छ लिटरको ?

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले शनिबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ। डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ।

निगमका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हालयथावत रहेको छ।

प्रतिक्रिया दिनुहोस