‘मी टू’को विषयमा करिश्मा कपूरको बयान सार्वजनिक

एजेन्सी

सोमबार, २६ कार्तिक २०७५, १७ : ५३
‘मी टू’को विषयमा करिश्मा कपूरको बयान सार्वजनिक

एजेन्सी । यतिबेला बलिउड लगायत विभिन्न क्षेत्रमा भएका यौनशोषणको घटना एकपछि अर्को गर्दै बाहिरिने क्रममा रहेको छ । भने यसले निकै चर्चा समेत पाइरहेको छ । 

यसैक्रममा बलिउड अभिनेत्री करिश्मा कपूरले आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । ९० को दशकमा निकै लोकप्रिय रहेकी अभिनत्री कपूरले केही समयदेखि महिलाका यौनशोषणका कहानी सुन्दै आइरहेको र यसले आफू निकै दुखी भएको बताएकी छिन् । 

उनले महिलाले हिम्मत गरेर आफू शोषित भएको घटना सार्वजनिक गर्नु निकै ठूलो कुरा भएको समेत उल्लेख गरिन् । एक भारतीय मिडियालाई दिएको अन्तरवार्तामा उनले महिलाहरुले धेरै पीडा सहँदै आएको भन्दै यो मामलामा दोषीलाई सजाय दिनुपर्ने र कार्यक्षेत्रमा महिलालाई सुरक्षित बनाउन प्रयास गर्नुपर्नेमा जोड दिइन् ।  फिल्मी दुनियाँबाट टाढा रहेकी उनी केही इभेन्ट ब्रान्ड प्रमोसन र विज्ञापनमा भने देखिने गरेकी छिन् ।
 

प्रतिक्रिया दिनुहोस