भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै

सफल खबर संवाददाता

शनिबार, ०६ बैशाख २०८२, १३ : १३
भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरब भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयले आज शनिबार मोदी साउदी अरब जान लागेको जानकारी दिएको हो । विदेश मन्त्रालयको विज्ञप्तिमा मोदीले २२ र २३ अप्रिल अर्थात् यही वैशाख ९ र १० गतेको दिन साउदी अरबको औपचारिक भ्रमण गर्ने उल्लेख छ ।

मोदी साउदी अबरका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको औपचारिक निम्तोमा भ्रमणमा जान लागेका हुन् । भ्रमणको क्रममा रक्षा, व्यापार, लगानी, शिक्षा, स्वास्थ्य क्षेत्रका विविध विषयमा छलफल हुने बताइएको छ ।

भारत र साउदीअरबबीच सामाजिक–साँस्कृतिक र व्यापारिक सम्बन्धको लामो ऐतिहासिक पृष्ठभूमि छ । विदेश मन्त्रालयले विज्ञप्तिमा दुई देशबीच घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध मजबुत रहेको उल्लेख छ ।