श्रीलंकामा मोदीले गरे रेलवे स्टेशनको उद्‌घाटन

सफल खबर संवाददाता

आइतबार, २४ चैत्र २०८१, १२ : २५
श्रीलंकामा मोदीले गरे रेलवे स्टेशनको उद्‌घाटन

कोलम्बो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी श्रीलंकाको तीन दिने भ्रमण पूरा गरी भारत फर्किएका छन् । आइतबार मोदीले अनुराधापुरामा महु ओमानथाई रेलवे लाइनको उद्‌घाटन गरेका थिए ।

उनले रेलको सिग्नल प्रणालीको शिलान्यास गरे । यस क्रममा मोदीले श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेसँगै रेलको उद्‌घाटन पनि गरे ।

यो रेलवे लाइन श्रीलंकाको माहो जिल्ला र ओमानथाई जिल्लाबिचको उत्तरी रेलवे लाइनको १२८ किलोमिटर लामो खण्ड हो । यो श्रीलंकाको कुरुनेगाला, अनुराधापुरा र वावुनिया जिल्लाहरू भएर गुड्छ ।

श्रीलंका सरकारले यस रेलवे लाइनलाई आधुनिकीकरण र सुधार गर्न धेरै परियोजनाहरू सुरु गरेको छ । भारतीय सार्वजनिक क्षेत्रको कम्पनी इर्काेन इन्टरनेशनल लिमिटेडले यस खण्डको विकासको काम गरिरहेको छ ।

यस परियोजनाका लागि भारतले ३१ करोड ८० लाख डलर अर्थात् २७ अर्ब २० करोड भारु ऋण दिएको छ । रेल्वेको उद्घाटन गर्नुअघि मोदी अनुराधापुराको जयश्री महाबोधि मन्दिर पनि पुगेका थिए । यहाँ उनले मन्दिरमा बौद्ध भिक्षुहरूलाई भेटे । यस क्रममा मोदीले मन्दिरका प्रमुख बौद्ध भिक्षुलाई उपहार पनि दिए ।