‘नेपाललाई पर्यटनको हब बनाउनुपर्छ’ : सञ्चार मन्त्री गुरुङ

सफल खबर संवाददाता

सोमबार, ०१ बैशाख २०८२, १८ : २४
‘नेपाललाई पर्यटनको हब बनाउनुपर्छ’ : सञ्चार मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई पर्यटनको हब बनाउनुपर्ने बताएका छन् । पर्यटनबाटै नेपालको संवृद्धि सम्भव हुने उनले बताए ।

सोमबार लमजुङको स्मार्ट भिलेज घलेगाउँमा आयोजित पर्यटन रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार मन्त्री गुरुङले पर्यटनबाट संवृद्धि हाँसिल गरेर गरिबी अन्त्य गर्ने सरकारको सपना रहेको बताए ।

“दुनियाँमा हरेक देशमा एउटा नेताले सपना देखेको हुन्छ । आफ्नो देशलाई कस्तो बनाउने । आफ्नो प्रदेश, जिल्लालाई कस्तो बनाउने”,सञ्चार मन्त्री गुरुङले भने, “हाम्रो सरकारको पनि एउटा सपना छ । देशलाई पर्यटनको हब बनाउने । पर्यटनबाट गरिबी हटाउने । संवृद्धि हाँसिल गर्ने । गरिबी हटाउने ।”

प्रतिक्रिया दिनुहोस