काठमाडौ । काठमाडौँ विश्वकै प्रदुषित सहरको सूचीमा दर्ज भएको छ ।
मंगलबार बिहान सवा ८ बजेको रेकर्डअनुसार काठमाडौँ वायु गुणस्तर २६१ आईक्युआई रहेको वायु गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरले उल्लेख गरेको छ ।
जसअनुसार काठमाडौँको वायु गुणस्तर ‘धेरै अस्वस्थकर’को सूचीमा छ ।
पछिल्लो समय नेपालका प्रदुषण निकै बढेको छ भने आम सर्वसाधारणको स्वास्थ्यका लागि चिन्ताको विषय बनेको छ ।
काठमाडौँपछि प्रदुषित सहरको सूचीमा भारतको दिल्ली, भियतनामको होनाइ, पाकिस्तानको लाहोर, म्यानमारको यांगुन रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ चैत्र २०८१, ०८ : २७
लेखकबाट थप