भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि कारागार चलान

सफल खबर संवाददाता

शनिबार, २६ साउन २०८१, ११ : ५९
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि कारागार चलान

काठमाण्डौ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान भएका छन् । बिगो रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएका हुन् ।

विशेष अदालतले तोकेको ४ अर्ब १० करोड ४६ लाख रुपैयाँ रकम बुझाए उनले थुना बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँछन् । बिगो रकम बुझाउन नसकेमा भने सर्वोच्चबाट मुद्दाको अन्तिम किनारा लाग्नुअघि थुनामै बस्नुपर्छ ।
 
शर्मा गएको बुधवार सर्वोच्च अदालतमा पुनरावेदन गर्न उपस्थित भएका थिए । कर फर्छ्योट आयोगमा छँदा व्यापारीलाई ठूलो रकम छूट दिएको प्रकरणमा शर्मा दोषी ठहर भएका थिए ।

प्रतिक्रिया दिनुहोस