धनुषा। जनकपुरधाम उपमहानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयका पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय गरेको छ ।नगर शिक्षा समिति तथा निजी विद्यालय सङ्गठन (प्याब्सन)का नगर संयोजक दीपक ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै निर्णयबारे जानकारी दिएका छन् ।
'विद्यार्थीहरूलाई समान शैक्षिक अवसर उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो, यस निर्णयले शिक्षामा गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीलाई समान अध्ययन वातावरण उपलब्ध गराउनेछ,' उनले भने ।उनले स्थानीय शिक्षा समिति र सरोकारवालाहरूसँग समन्वय गरेर प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरे ।
प्याब्सन, एनप्याब्सनलगायतबीच छलफल गरी नगरका निजी तथा संस्थागत विद्यालयमा एउटै पाठ्यपुस्तक प्रयोग गर्ने सहमति भएको छ । नगर शिक्षा समितिका तर्फबाट जारी विज्ञप्तिमा पाठ्यपुस्तकको छनोट पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत पाठ्यक्रममा आधारित हुने उल्लेख गरिएको छ ।
नगर संयोजक ठाकुरका अनुसार आउँदो आइतबार अर्को विज्ञप्ति प्रकाशन गरी पाठ्यपुस्तकको नामावली सार्वजनिक गरिनेछ ।
शिक्षा समितिले छनोट गर्ने पाठ्यपुस्तक गुणस्तरयुक्त र नयाँ पाठ्यक्रमअनुसार हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ चैत्र २०८१, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा छ लाख ४३ हजार थान पाठ्यपुस्तक बिक्री
जुम्लामा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्यो
शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
जनक शिक्षा प्रादेशिक कार्यालय चितवनमा पाठ्यपुस्तक पर्याप्त
शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए पाठ्यपुस्तक