काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को डेब्यु खेलमा मुम्बई इन्डियन्सका आश्विनी कुमारले चार विकेट लिएका छन्। उनको उत्कृष्ट बलिङमा तेस्रो खेलमा मुम्बईले पहिलो जित दर्ता गरेको छ।
सोमबार राति कोलकता नाइट राइडर्सविरूद्धको खेलमा मुम्बई इन्डियन्सका देब्रेहाते तीव्र गतिका बलर अश्विनी कुमारले तीन ओभरमा मात्र २४ रन खर्चिएर चार विकेट लिएका हुन्। उनी आईपीएलको डेब्यु खेलमा चार विकेट लिने पहिलो भारतीय बलर बनेका छन्।
सोमबारको खेलमा डेब्यु गरेका उनले आईपीएलको आफ्नो पहिलो बलमै कोलकताका कप्तान अजिन्का राहाणेको विकेट लिए। उनले कोलकताका कप्तान रहाणेसँगै रिंकु सिंह, मनिष पाण्डे र आन्द्रे रसेलको विकेट लिएका हुन्। तीन ओभर मात्र बलिङ गरेका उनले पाण्डे र रसेललाई बोल्ड आउट गरेका हुन्।
उनलाई मुम्बईले अक्सनमा ४० लाखमा आवद्ध गराएको हो। माहालीमा जन्मिएका उनी पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृष्ट बलिङ गरेर चर्चामा थिए।
२३ वर्ष २१५ दिनका आश्विनीको उत्कृष्ट बलिङमा मुम्बईले कोलकतालाई १६.२ ओभरमा ११६ रन बनाउँदा अलआउट गरेको थियो।
आश्विनीले ऐतिहासक बनाएको सोमबार भएको तेस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४३ बल बाँकी हुँदा मुम्बईले ८ विकेटले हराउँदै पहिलो जित निकालेको हो।
कोलकाताले दिएको ११७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्यो। मुम्बईका लागि ओपनर रायन रिकेल्टनले अविजित ६२ रन बनाए। ४१ बलको सामना गरेका उनले चार चौका र पाँच छक्का प्रहार गरे।
त्यस्तै सूर्यकुमार यादवले ९ बलमा तीन चौका र दुई छक्कासहित २७ रन बनाए। विल ज्याक्सले १६ रन बनाउँदा रोहित शर्मा १३ रनमै पेभेलियन फर्किएका थिए।
कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट लिए। २.५ ओभर बलिङ गरेका रसेलले ३५ रन खर्चिएका थिए।
त्यसअघि मुम्बईको वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाता १६.२ ओभरमा अलआउट हुनुअघि ११६ रन बनाएको थियो। उसका लागि अंकृश रघुवंशीले सर्वाधिक २६ रन बनाए। त्यस्तै मनदीप सिंहले २२ रन, मनिष पाण्डेले १९ रन बनाउँदा रिंकु सिंह १७ रनमा आउट भए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ चैत्र २०८१, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल : मुम्बईको दोस्रो हार, गुजरात ३६ रनले विजयी
आईपीएल: रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्सलाई हरायो
आईपीएल : सनराइजर्सको आक्रामक ब्याटिङ लाइन नचल्दा लखनउको शानदार जित
आईपीएल : डि ककको शानदार ब्याटिङमा राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
आईपीएल: गुजरातलाई पराजित गर्दै पञ्जाव विजयी
आईपीएल: लखनउविरुद्ध दिल्लीको रोमाञ्चक जित