काठमाडौँ । विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विशेष बैठक भोलि (सोमबार) बोलाएको छ । रास्वपाको सचिवालय बैठकको निर्णय अनुसार दिउँसो ३ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने कार्यबहाक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
बैठक दुई पटक बस्ने उनले जानकारी दिए । पहिलो बैठकमा कार्यबहाक सभापतिबाट धन्यवाद ज्ञापने गर्ने छ भने दोस्रो बैठक सभापति रवि लामिछानेको सभापत्विमा बस्नेछ। सहकारी ठगीमा कात्तिक २ गते पक्राउ परेका रविको नेतृत्वमा पहिलोपटक बस्न लागेको हो ।
दोस्रो बैठकको छलफलका विषयहरु :
१. पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ ।
२. लिडरसिप एकेडेमीको फ्लो चार्ट सम्बन्धमा ।
३. जन यात्रा कार्यक्रम बारे।
४.पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस ।
५. अधिवेशनरमहाधिवेशन कार्यतालिका ।
६. विविध ।
(क) मुस्लिम समुदायको महान चाड इदको शुभकामना आदानप्रदान।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपाले बोलायो बैठक
तीनकुनेमा भएको आन्दोलन कुनै हिसाबले राजनीतिक थिएन : सन्तोष परियार