निर्मला पन्तका हत्यारा छिट्टै कानुनी कठघरामा आउँछन् : गृहमन्त्री बादल

सफल खबर संवाददाता

विहीबार, २२ कार्तिक २०७५, १५ : ४०
निर्मला पन्तका हत्यारा छिट्टै कानुनी कठघरामा आउँछन् : गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्तका हत्यारा छिट्टै कानूनको कठघरामा आउने दाबी गरेका छन् ।

रिपोर्टस क्लवले आयोजना गरेको देउसीभैलो कार्यक्रमपछि गृहमन्त्री थापाले यस्तो दाबी गरेका हुन् । सरकारले अपराधिलाई कानुनी कठघरामा परिरहेको भन्दै निर्मला पन्तका हत्यारा पनि छिट्टै कठघरामा आउने गृहमन्त्री थापाले बताए ।

साथै, गृहमन्त्री थापाले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ प्रस्तुत हुने चेतावनी दिए । ‘भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ । देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरु ती अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलिरहेको छ,’ उनले भने, ‘भ्रष्टाचारीहरुलाई जेल हाल्ने प्रक्रियापनि चलिरहेको छ । निश्चयपनि यो अलिक मन्द छ । अब आउने दिनहरुमा त्यो प्रक्रियाहरुलाई अझै तीव्र पार्नेछौं । अझै व्यापक बनाउनेछौं ।’

साथीलाई भेटन गएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको गत साउन १० गते बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस