काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन् । महिला उद्यमी महासंघको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई विषय बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताएका हुन् ।
उनले यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने स्थितिमा त्यसलाई प्रभावित पार्न सदन अवरुद्ध गरिएकामा चिन्ता व्यक्त गरे ।
“वषौँसम्म त्यही निकायमा काम गरेको मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्ने त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ । गाली नगर्नुपर्नेलाई झुठा गाली गरिएको छ ।” प्रधानमन्त्री ओलीले भने, “आन्दोलनका नाममा के के हुँदैछ भनेर आतंक सृजना गर्न खोजिएको छ । चैत १५ गते काठमाडौँका दुई स्थानमा हुने जुलुस र सभा हुन्छ । सकिन्छ । हुने त्यत्ति हो । यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन ।”
प्रधानमन्त्री ओलीले औपनिवेशिक र सामन्तवादी स्थितिले सिंगै नेपाली समाज पछाडि परेको र त्यसमा पनि महिलाहरूलाई झन् पछाडि पारिएको स्थितिमा संघर्ष र बलिदानको परिणामबाट समाज परिवर्तन र विकासको यात्रामा अघि बढेको बताए ।
उनले पञ्चायतकालमा निकै पछाडि परेको मुलुक अहिले चौतर्फी विकासको क्रममा अघि बढेको र खासगरी आफूले सरकारको नेतृत्व गरेका समयमा ठुला र रणनीतिक महत्वका आयोजना अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट गरे ।
कार्यक्रममा वरिष्ठ समाजसेवी अनुराधा कोइरालालगायतलाई प्रधानमन्त्रीबाट सम्मान गरिएको थियो । आजदेखि यही चैत १८ गतेसम्म चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित नेपाली वस्तुहरूको प्रदर्शनी राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०८१, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीद्वारा सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री ओली
कुनै बहानामा चिकित्सकलाई न्युनतमभन्दा कम तलब दिन पाइँदैन : प्रधानमन्त्री ओली
युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री ओली
गैरआवासीय नेपालीलाई संविधानले दिएको अधिकार छिट्टै कार्यान्वयन हुन्छ : प्रधानमन्त्री ओली