काठमाडौँ । अवरुद्ध संसद् खुलाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबिच छलफल भएको छ ।
विपक्षी दलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीको जवाफ माग्दै बुधवारको संसद् बैठक अवरुद्ध पारेपछि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । संसद् भवन नयाँ बानेश्वरमा सभामुख र प्रमुख सचेतकहरूबिच छलफल भएको हो ।
यसैबिच सभामुखको सचिवालयले विपक्षीको माग अनुसार प्रधानमन्त्रीले जवाफ दिने सूचना नभएको जनाएको छ ।‘सभामुखले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहनुभएको छ । अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन’, सभामुख घिमिरेको सचिवालयले भनेको छ ।
सभामुख र प्रमुख सचेतकहरूबिचको छलफलका कारण ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०८१, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् अवरुद्धबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँः सभामुख घिमिरे
नेपाल- चीनबिच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ : सभामुख घिमिरे
सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त : सभामुख घिमिरे
सोविता र सुमनाले संसदमा बोल्न नपाएको भनेकोप्रति सभामुखको चासो
सभापति लामिछाने र सभामुख घिमिरेबिच भेटघाट