काठमाडौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिलाई शुद्धीकरण गर्नेहरूविरुद्ध आक्रामक अनुसन्धान गरी केही महिना यतामात्रै ५५ अर्बको मुद्दा दायर गरेको छ।
विभागले चालू आर्थिक वर्ष २०८१-८२ को ८ महिनाको अवधिमा मात्रै सम्पत्ति शुद्धीकरण गर्ने विभिन्न व्यक्ति वा निकायविरुद्ध १६ वटा मुद्दा दायर गर्दै ५५ अर्बभन्दा बढीको बिगो कायम गरेको हो। यद्यपि, विभिन्न आपराधिक कार्य गरी कालोधन आर्जन गर्ने र त्यसलाई शुद्धीकरण गराउने प्रवृत्ति भने बढ्दो क्रममा रहेको विभागका अधिकारीहरूको भनाइ छ।
अहिले विभागमा सम्पत्ति शुद्धीकरणविरुद्धका १२ सयभन्दा बढी उजुरी रहेका छन्। नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०८१, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामबहादुर बमजनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर