सर्लाही । लिटिल बुद्धका नामले चिनिने रामबहादुर बमजनविरुद्ध सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालका अनुसार बमजनविरुद्ध ८.५ करोड रुपैयाँको बिगो दाबी गरिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सूचना अधिकारी नारायणप्रसाद घिमिरेका अनुसार सोमबार यस मुद्दा दर्ता पनि गरिएको छ।
यसअघि, बमजनविरुद्ध बाल यौन शोषणको मुद्दा अदालतमा विचाराधीन छ । काठमाडौँस्थित उनको घरमा खानतलासी गर्दा नगद रकम बरामद भएको थियो। उक्त रकमको आधारमा विभागले सम्पत्ति शुद्धीकरणको प्रक्रिया सुरु गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरणबारे प्रतिवेदन गर्ने निकाय बढ्दै
सम्पत्ति शुद्धीकरणविरुद्धका १२ सयभन्दा बढी उजुरी