रामेछाप । रामेछापको रामेछाप नगरपालिका– ५ रामपुरमा आगलागी हुँदा पाँचवटा घर–गोठ जलेका छन् ।बस्ती नजिकै जंगलमा लगाइएको आगो रामपुरको ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा पसेपछि आगलागी भएको हो । आगलागीबाट दुईवटा घर र तीनवटा गोठ जलेका वडाध्यक्ष हरिश्चन्द्र श्रेष्ठले जानकारी दिए ।
मंगलबारबाट लागेको आगो बस्तीमा पसेको थियो । आगलागीबाट मानवीय क्षति नभए पनि पाँचवटा खसी–बाख्रा, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा नगद धनमाल जलेर नष्ट भएको छ । आगो नियन्त्रणमा आउन नसक्दा अझै केही घर आगलागीको उच्च जोखिममा छन् । आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेको रोशीमा आगलागी, २ बालबालिका घाइते
आगलागीबाट १० घर जले, ६० लाख बराबरको क्षति
ढल्केबर सबस्टेसनमा एकैदिन दुई पटक आगलागी, अनुसन्धान गर्दै प्राधिकरण
अछाम आगलागी अपडेट : २७ घर नष्ट, सात करोड बढीको क्षति
अछामको जयगढ बजारमा भीषण आगलागी
विराटनगरस्थित नोबेल टिचिङ अस्पतालको ल्याबमा आगलागी