दिपिका र दिवाकरले गरे इन्गेजमेन्ट

बुधबार, २१ कार्तिक २०७५, १६ : ३५
दिपिका र दिवाकरले गरे इन्गेजमेन्ट

अभिनेत्री दिपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले इन्गेजमेन्ट गरेका छन्। उनीहरुले इन्गेजमेन्टको फोटो  शोसल   मिडियामा  सार्वजनिक गर्दै टिकाटालो भएको जानकारी साझा गरेका हुन्। 

दिवाकर र दिपिका दुवैले सामाजिक संजालमा फोटो सेयर गरेता पनि करिव दुइ महिना अघि उनिहरुले  इन्गेजमेन्ट रिङ्ग साटेका थिए। 

‘ऐश्वर्य निर्देशक दिवाकर र सोहि फिल्मबाट डेब्यु गरेकी दिपिकाको ‘ऐश्वर्य’को सेटबाट प्रेम सम्बन्ध सुरु भएको थियो। लगभग दुइ बर्ष लामो सम्बन्धमा रहे पछि यी दुइले लगन गाँठो कस्ने निर्णय गरेका हुन्। श्रोतका अनुसार दिवाकर र दीपिकाले यहि बर्ष बिबाह गर्ने छन। 

दिपिकाले ‘ऐश्वर्य’ पछिसुपरहिट फिल्म छक्का पन्जा ३ मा अभिनय  गरिसकेकी छन्,भने  ड्रिम्स तथा ‘ऐश्वर्य’ लगायतका फिल्ममा काम गरिसकेका दिवाकर अहिले अनमोलको क्याप्टेनमा ब्यस्त छन्। 

प्रतिक्रिया दिनुहोस