चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले अबको भरोषा माओवादी केन्द्रमात्रै हो भन्ने बुझेको बताएका छन् । तराई-मधेश जागरण अभियानअन्तर्गत चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अभियानमा पार्टीप्रति ठूलो लहर देखिएको बताए ।
प्रचण्डले भने, ‘माओवादीको यो अभियानमा अभूतपूर्व लहर देखिएपछि प्रतिक्रियावादी बुर्जुवा पार्टीहरुमा खैलाबैला मच्चिएको पनि हामीले थाहा पायौं । मधेशवादी दल भन्नेहरु पनि हावाकावा भएको देख्यौं ।’उनले आफूप्रति जनताको सद्भाव बढेको जिकिर गर्दै २०६४ को भन्दा धेरै उचाइमा महसुस गर्न थालेको बताए ।
उनले भने, ‘प्रचण्डप्रति जनताको जुन स्तरको आशा, भरोषा देखेँ, त्यो साँच्चै नै असाधारण छ । जनताले २०६४ को भन्दा उचाइको महसुस गरेर प्रचण्ड नै चाहिन्छ भन्न थालेका छन् । तपाईंहरुले सुन्नुभएकै होला । त्यसले पार्टी र मप्रति ठूलो जिम्मेवारी र प्रेरणा बनेको छ ।’
अहिलेको सरकारले भ्रष्टाचारीलाई रक्षा गर्न केन्द्रित भएकाले इतिहास भएकाहरुले टाउको उठाउन खोजेको उनले बताए । उनले चैत १५ गतेसम्म पुग्दा नपुग्दै आफूहरुको प्रतिवादले प्रतिक्रियावादीहरुको प्रयास असफल हुने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ चैत्र २०८१, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
राजावादी वितण्डाको विरोध गर्दा राहत महसुस गरेपनि ओली सरकारप्रति नरम छैनौं: प्रचण्ड
हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड
ज्ञानेन्द्रको विवेकहीनताका कारण राजावादीको आततायी सभा बन्यो : प्रचण्ड
कुलमानबारे प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौं : प्रचण्ड
दरबार हत्याकाण्डको छानबिन गर्ने कुरा भूमिगत हुँदादेखि नै उठाएको हुँ : प्रचण्ड