काठमाडौं । कलाकार दुर्गेश थापाले पहिलोपटक स्टेडियम शो गर्ने भएका छन् । दशरथ रंगशालामा दुर्गेशले पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेका हुन् ।
नेपाल सुपर लिगको ओपनिङ सेरोमोनीमा दुर्गेशले गीत गाउनेछन् । “सुपर लिगको ओपनिङमा गीत गाउने कार्यक्रम छ । यो मेरो पहिलो स्टेडियम शो हुनेछ,” दुर्गेश बाह्रखरीसँग भन्छन्, “स्टेजमा थुप्रै प्रस्तुति दिइयो, यो भने पहिलो स्टेडियम शो हुनेछ ।”
केही नयाँ अनुभव हुने अपेक्षा रहेको उनले बताएका छन् । ‘नेसनल सुपर लिग’ चैत १६ गते सुरु हुँदै छ । सोही दिन दुर्गेशले १५ हजारभन्दा रहेका दर्शकमाझ गीत गाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गेश थापाले गरे एसइई अवधिभर कुनै स्टेज कार्यक्रम नगर्ने घोषणा
ज्योतिलाई दुर्गेशको आरोप: बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनुभयो