काठमाडौं । पछिल्लो समय आफ्नो प्रस्तुतिमार्फत स्टेज तताइरहेका दुर्गेश थापाले एसइई परीक्षा अवधिभर कुनै पनि सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उनले यस्तो बताएका हुन्।दुर्गेशले परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूलाई शुभकामना दिँदै एसइई अवधिकार कुनै कार्यक्रम नगर्ने घोषणा गरेका हुन्।
एसइई परीक्षा चैत ७ गते (बिहीबार) देखि सुरू हुँदैछ।दुर्गेशले लेखेका छन्– 'एसइई परीक्षा जीवनको महत्वपूर्ण घडी हो। केवल मनोरञ्जनमा मात्र होइन, उज्ज्वल भविष्यका लागि पनि म सँधै हजुरहरूकै साथमा हुनेछु। यतिबेला मलाई धेरै मेला/महोत्सव तथा इभेन्टबाट कार्यक्रमका लागि कुरा आइरहेको छ। तर यदी म कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ। यी कुराहरूलाई मध्यनजर गर्दै एसइई परीक्षा अवधिभर मैले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु।'
उनले एसइई अवधिभर सञ्चालन हुने कार्यक्रमको लागि आफूलाई सम्पर्क नगर्न समेत अनुरोध गरेका छन्। एसइई दिने तयारीमा रहेका विद्यार्थीलाई शुभकामना दिँदै दुर्गेश लेख्छन्, 'पढाइमा गरिएको लगानी कहिल्यै खेर जाँदैन। सफलता हजुरहरूकै हातमा छ, यसलाई मजबूत बनाउनुहोस्।'
'दुश्मन हेरेको हेर्यै' गीत हिट भएपछि स्टेज कार्यक्रममा दुर्गेशको माग बढ्दो छ। यो गीतले छोटो समयमै ४ करोड बढी भ्युज पाइसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ चैत्र २०८१, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्योतिलाई दुर्गेशको आरोप: बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनुभयो