काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले पानीका मुहानहरूमा भइरहेको राजनीति अन्त्य गर्ने बताएका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन् ।
उनले एउटा वडाबाट अर्को वडामा पानी जान नदिने प्रवृत्ति मौलाएको भन्दै सरकार यसको अन्त्य गर्नको लागि लागिपरेको बताए । उनले सुकेका खानेपानीको मुहानहरूलाई पुरानै अवस्थामा फर्काउनको लागि प्राथमिकता साथ बजेट विनियोजन गरिने समेत बताए ।
उनले अहिले २७ प्रतिशत जनसङ्ख्या स्वच्छ खानेपानीको पहुँचमा रहेको भन्दै अबको एक वर्षभित्र यो संख्या बढाएर ५७ प्रतिशत पुर्याइने समेत दाबी गरे ।उनले आम नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने सवालमा सरकार प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबिच भेटवार्ता
बेरुजू घटाउन आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन आवश्यक : मन्त्री यादव
आगलागीबाट मन्त्रालयका महत्वपूर्ण कागजातमा कुनै क्षति भएको छैन : मन्त्री यादव
अब असारमा पनि मेलम्चीको पानी बन्द हुँदैन : मन्त्री यादव
घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न मन्त्री यादवको निर्देशन