काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिने बताएका छन् ।
‘ग्रिन इनर्जी आन्टरप्रेनर नेपाल’ले आज आयोजना गरेको ‘साना जलविद्युत् आयोजनाहरूको दिगो सञ्चालनसम्बन्धी देखिएका चुनौती’ विषयक कार्यक्रममा मन्त्री खड्काले साना जलविद्युत् आयोजनाका समस्या समाधान गर्न नीतिगत सुधार गरिने बताए ।
'साना जलविद्युत् आयोजनाका समस्या एकै ठाउँमा राखेर छलफल गरौं, के–के संशोधन गर्नुपर्ने छ, समस्या समाधान गर्न मन्त्रालय तयार छ,' उनले भने ।ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने मन्त्री खड्काको भनाइ थियो ।
उनले साना जलविद्युत् आयोजना सँगसँगै मुलुकको समग्र ऊर्जा क्षेत्रको सुधारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरे । संस्थागत रुपमा रहेका तहगत बेथिति पनि समाधान खोज्दै जानुपर्ने उनले बताए ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएको ऊर्जा विकास मार्ग चित्रले निजी क्षेत्रका समस्या समाधान खोजेको मन्त्री खड्काले उल्लेख गरे । व्यवसायीलाई परेको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।
मन्त्री खड्काले विद्युत् प्राधिकरणले गरेको गल्तीका दोष निजी क्षेत्रमाथि थोपर्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ चैत्र २०८१, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयतासहितको गणतन्त्रको विकल्प छैन: ऊर्जामन्त्री खड्का
ऊर्जामन्त्री खड्काको भारत भ्रमण : यस्ता छन् विद्युत् पूर्वाधार निर्माणमा भएका महत्त्वपूर्ण सहमति
दिगो ऊर्जा विकासमा सरकार प्रतिबद्ध छ : उर्जामन्त्री खड्का
विद्युत् व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ : मन्त्री खड्का
सुनसरी-मोरङ सिँचाइ आयोजनाको समस्या तत्काल समाधान गर्न मन्त्री खड्काको निर्देशन
सरकारले एक वर्षभित्र सबैको घरमा विद्युतीकरण हुनेगरी काम अघि बढाइएको छ : ऊर्जामन्त्री खड्का