काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका– १ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको आज निरीक्षण गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
आयोजना सञ्चालनका क्रममा देखिएका समस्या तत्काल समाधान गर्दै किसानका खेतबारीमा सिँचाइ पुर्याउन उनले निर्देशन दिए । 'कृषिप्रधान देशमा सिँचाइको अभाव हुनुहुँदैन, बिग्रेका उपकरण यथाशीघ्र मर्मतसम्भार गरेर किसानको खेतबारीमा सिँचाइ पुर्याउनुहोस्,' उनले भने ।
मन्त्री खड्काले आजै कोशी नदीबाट सुनसरी र मोरङ जिल्लामा सिँचाइ लैजान प्रयोग गरिएको ‘डेज्रिङ पद्धती’को अनुगमन गरेका थिए । उक्त उपकरणको लम्बाइ नौ सय ९६० मिटर, चौडाइ ८० मिटर र गहिराइ १० मिटर रहेको छ । सो उपकरणले इन्टेकबाट मूल नहरमा छिरेको बालुवा तथा ग्रेगानलाई झिक्ने काम गर्ने सिँचाइ आयोजना कार्यालयले जनाएको छ ।
विक्रम संवत् २०५२ मा निर्माण भएको दुई वटा उपकरणमध्ये हाल एउटा मात्र सञ्चालनमा छ ।मन्त्री खड्काले बिग्रेका उपकरणको तत्काल मर्मत गर्नुका साथै त्यसको विकल्पमा नयाँ प्रविधिको अध्ययन गरेर सञ्चालनमा ल्याउनसके सिँचाइ सुविधामा सहयोग पुग्ने बताए ।
सुनसरी–मोरङ सिँचाइ आयोजनामार्फत हाल सुनसरीको ४० हजार र मोरङको २८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा उपलब्ध हुँदै आएको छ ।
निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, सिँचाइ विभागका उपमहानिर्देशक दिनेश भट्टलगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ऊर्जामन्त्री खड्काको भारत भ्रमण : यस्ता छन् विद्युत् पूर्वाधार निर्माणमा भएका महत्त्वपूर्ण सहमति
दिगो ऊर्जा विकासमा सरकार प्रतिबद्ध छ : उर्जामन्त्री खड्का
विद्युत् व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ : मन्त्री खड्का
सरकारले एक वर्षभित्र सबैको घरमा विद्युतीकरण हुनेगरी काम अघि बढाइएको छ : ऊर्जामन्त्री खड्का
व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का
उर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न मन्त्री खड्काको निर्देशन