काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी नभएको जानकारी गराएका छन् ।
बिहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद बुद्धिमान तामाङले ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणमा प्रधानमन्त्रीज्यू कहिले जानुहुन्छ ? भ्रमणको कुनै कार्यक्रम बनेको छ कि छैन ?,’ भनेर प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘‘अहिले तत्काल योजना बनेको छैन, पछि जान सकिन्छ। ’प्रधानमन्त्री ओलीले सांसद तामाङलाई प्रतिप्रश्न गरे । उनले सोधेका छन्, ‘माननीयज्यूको योजना बनेको छ कि के हो ? योजना बनेको भए राम्रो कुरा हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ चैत्र २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपलब्धिहरूलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अघि बढौँ: प्रधानमन्त्री
स्वदेशमै रोजगारीमा लाग्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह
बजेट तयारीबारे मन्त्री र सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्रीले आज मधेस प्रदेश सभालाई सम्बोधन गर्ने
शिक्षकका जायज माग सम्बोधन गर्न तयार छौँ : प्रधानमन्त्री
थाइल्यान्ड भ्रमण सकाएर नेपाल फर्कँदै प्रधानमन्त्री ओली