काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठमा हुने सगरमाथा संवाद कार्यक्रमलाई विशेष बनाउन छलफललाई अघि बढाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार निर्देशक समितिको पहिलो बैठक राखेर यसबारे छलफल अघि बढाएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको बैठकमा कार्यक्रम व्यवस्थापन, कार्यक्रमको रूपरेखा, विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखसहित अतिथिहरूको निमन्त्रणा, विज्ञहरूको सहभागिता लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले सबै क्षेत्रको सहयोग र सहभागितामा कार्यक्रमलाई विशेष बनाउन सहभागीहरूलाई आग्रह गरेका छन् । सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवालय समेत सञ्चालनमा आइसकेको छ ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति पनि गठन गरिएको छ ।
सरकारले संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिसकेको छ ।
सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ चैत्र २०८१, १६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपलब्धिहरूलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अघि बढौँ: प्रधानमन्त्री
स्वदेशमै रोजगारीमा लाग्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह
बजेट तयारीबारे मन्त्री र सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्रीले आज मधेस प्रदेश सभालाई सम्बोधन गर्ने
शिक्षकका जायज माग सम्बोधन गर्न तयार छौँ : प्रधानमन्त्री
थाइल्यान्ड भ्रमण सकाएर नेपाल फर्कँदै प्रधानमन्त्री ओली