मुक्तिनाथ विकास बैंकद्वारा कञ्चरपुरमा वैशाखी वितरण

सफल खबर संवाददाता

बुधबार, ०६ चैत्र २०८१, १४ : ५३
मुक्तिनाथ विकास बैंकद्वारा कञ्चरपुरमा वैशाखी वितरण

काठमाडौं।  मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत कञ्चरपुरमा अपाङ्गता संरक्षण नेपाल संस्थासँगको साझेदारीमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने वैशाखी वितरण गरेको छ ।

शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्ना दैनिक कार्य गर्न असहज भएकाले वैशाखी वितरण गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

वैशाखी तथा सेतो छडीको आवश्यताका लागि उक्त संस्थामा निकै  निवेदन आउने गरेको बताइएको छ । उक्त सहयोगबाट उनीहरूको दैनिक जीवनमा राहत पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हालै ‘मोबाइल एक फाइदा अनेक’ लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस