एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज (मंगलबार) वार्ता गर्ने कार्यक्रम छ।
यो वार्ताअघि रुसी राष्ट्रपतिको कार्यालयले वार्ताका मुद्दाहरूलाई अन्तिम रूप दिइँदै गरेको बताएको छ।
रुसी समाचार एजेन्सी टासका अनुसार, रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राजदूत स्टिभ विटकफसँग र विभिन्न स्तरका कुराकानी पनि ट्रम्प-पुटिन वार्ताको एजेन्डामा रहेको बताएका छन्।
पेस्कोभले भने, ‘सबै मुद्दा वार्ताको एजेन्डामा हुनेछन् तर स्पष्ट रूपमा युक्रेनको मुद्दा मुख्य हुनेछ। यी सबै कुरा राष्ट्रपतिका लागि तयार गरिनेछ।’
यसैबीच युक्रेनको विदेश मामिलासम्बन्धी संसदीय समितिका अध्यक्ष ओलेक्जान्डर मर्ज्कोले बीबीसीको सुन्ने कार्यक्रममा युक्रेन सम्बन्धी तीन सर्त उल्लेख गरेका छन्।
उनले युक्रेन आफ्नो सीमासँग सम्बन्धित कुनै पनि छुट दिन तयार नभएको र युक्रेनले यस विषयमा वार्ता नगर्ने बताएका छन्।
साथै उनले भनेका छन्, ‘पुटिनले अन्तर्राष्ट्रिय संस्था, विशेष गरी नेटोको सदस्यताका सम्बन्धमा युक्रेनका लागि कुनै पनि निर्णय लिनु हुँदैन।’
उनले थपे, ‘हामी हाम्रो रक्षा क्षमताबारे पुटिनका कुनै पनि सल्लाहमा सहमत हुन सक्दैनौँ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०५ चैत्र २०८१, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको योजना अस्वीकार गरेपछि बन्द भयो हार्वर्ड विश्वविद्यालयको दुई अर्ब फन्ड
अमेरिकी राष्ट्रपति ट्रम्पले १०४ प्रतिशत पुर्याए कर
नेतन्याहु र ट्रम्पबीच भेटवार्ता, यस्ता छन् प्रतिक्रिया
राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकामा प्रदर्शन
व्यापारिक साझेदारविरुद्ध ५० प्रतिशतसम्म कर लगाउने ट्रम्पको घोषणा
समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा विश्वस्त छु: ट्रम्प