काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भावमा आगो लगाउने तत्त्वदेखि सजग हुनुपर्ने बताएका छन् ।
एमाले मधेस प्रदेश सम्पर्क कमिटीले शनिवार एमाले मुख्यालय च्यासलमा आयोजना गरेको होली मिलन कार्यक्रमका बोल्दै पोखरेलले अहिले पनि मुलुकमा मिलेर बसेको समाज र सामाजिक सद्भावमा आगो लगाउने तत्त्व रहेको भन्दै सज हुनुपर्ने बताएका हुन् ।
एउटा जाती, धर्मको विरुद्ध अर्को जाती, धर्मलाई उक्साउने अपराधपूर्ण साजिसबिरुद्ध एकताबद्ध भएर खबरदारी गर्नुपर्ने उनको भनाइ छ । उनले मुलुकको सामाजिक सद्भाव खलबलिए देश नै नरहने खतरा रहेको धारणा राखे । उनले होली पर्वको सांस्कृतिक र सामाजिक महत्त्व धेरै भएकाले सामाजिक सद्भाव र भाइचारा कायम गरी मनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ फागुन २०८१, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई पनि छैन : ईश्वर पोखरेल
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार प्रस्थान
व्यक्ति केन्द्रित संसदीय छानबिन समिति गठन हुँदैन : ईश्वर पोखरेल
एमालेको नेतृत्वमा मात्र मुलुक सही दिशातर्फ अगाडि बढ्छ : ईश्वर पोखरेल
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल