व्यक्ति केन्द्रित संसदीय छानबिन समिति गठन हुँदैन : ईश्वर पोखरेल

सफल खबर संवाददाता

शनिबार, ०५ जेठ २०८१, १४ : १२
व्यक्ति केन्द्रित संसदीय छानबिन समिति गठन हुँदैन : ईश्वर पोखरेल

विराटनगर। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन् ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 'समस्यालाई केन्द्रित गरेर समिति गठन गर्नुपर्छ, व्यक्ति केन्द्रित होइन', उनले भने ।

 

गृहमन्त्रीको नामै तोकेर समिति गठन गर्नुपर्ने प्रतिपक्षको माग उचित नभएको उनको भनाइ थियो । उनले वर्तमान नयाँ सत्ताको राजनीतिक समीकरणले मुलुकको सङ्घीयतालाई बलियो बनाउने बताए ।

विगतको गठबन्धन नीतिहीन, अस्वाभाविक रहेकाले तोड्नुपर्छ भनेर एमालेले नयाँ गठबन्धन बनाएको उनले बताए ।पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व दिन गठबन्धन सकारात्मक रुपमा अगाडि बढिरहेको बताए । उनले एमाले मिसन २०८४ को लक्ष्य लिई अगाडि बढिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस