अराजकता फैलाउने र सद्‌भाव खलबलाउने छुट कसैलाई पनि छैन : ईश्वर पोखरेल

सफल खबर संवाददाता

शनिबार, १० कार्तिक २०८१, १५ : ५८
अराजकता फैलाउने र सद्‌भाव खलबलाउने छुट कसैलाई पनि छैन : ईश्वर पोखरेल

पोखरा। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अनियमितता गर्ने छुट कसैलाई पनि नरहेको बताएका छन् । एमाले कास्कीद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अनियमिततामा संलग्न जो कोहीलाई कानूनअनुसार कारबाही हुने बताए ।

भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जो कोहीलाई कानून र विधिसम्मत ढंगले कारबाही हुने उनले बताए । देशमा अराजकता फैलाउने र सद्‌भाव खलबलाउने छुट कसैलाई नभएको उनको भनाइ थियो ।

राष्ट्रको आवश्यकताअनुुसार देशका प्रमुख राजनीतिक दल एक ठाउँमा भएको बताउँदै उनले आफूहरू कानूनको पक्षमा रहेको बताए । हाम्रा चाडपर्वहरू सामाजिक सद्‌भावका आधार रहेको उल्लेख गर्दै नेता पोखरेलले यस्ता चाडपर्वले सामाजिक सद्‌भाव र एकतालाई मजबुत  बनाउने बताए।

एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले लोकतन्त्रको विकल्प अरु हुन नसक्ने बताउँदै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न निराशालाई चिर्दै अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस