गोदावरी । कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टर स्थापनाको काम अघि बढ्न सकेको छैन । ट्रमा सेन्टर पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्त हुन नसक्दा चार वर्षदेखि सो काम अलपत्र परेको हो ।
सरकारले ट्रमा सेन्टर स्थापनाका लागि विगत चार वर्षदेखि विनियोजन गर्दै आएको बजेट फ्रिज भएर जाने गरेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ ।
उहाँका अनुसार ५० श्ययाको ट्रमा सेन्टर निर्माणका लागि गत आव २०८०/८१ मा बहुवर्षीय योजनाअन्तर्गत रु पाँच करोड बजेट बजेट विनियोजन गरिएको थियो । साथै आव २०७८/७९ मा रु पाँच करोड विनियोजन गरिएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा कैलालीको लम्की सम्भाव्यता अध्ययन गरी ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन भएको थियो । कार्यालयका सूचना अधिकारी भट्टले जग्गाको सुनिश्चितता गर्न स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकालाई आग्रह गर्दै आएको पनि जानकारी दिनुभयो ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत चिसापानी–लम्की खण्डमा सवारी दुर्घटना बढी हुने र घाइतेले समयमै उपचार नपाउँदा अकालमै मृत्यु हुने भएकाले ट्रमा सेन्टर निर्माणको अवधारणा सुरु भएको थियो । हाल सामान्य उपचारदेखि आकस्मिक उपचारका लागि यस क्षेत्रका नागरिक नेपालगञ्ज तथा भारत जानुपर्ने बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा रु १२ करोड लागतमा ट्रमा सेन्टर