चलचित्र ‘होस्टेल ३’ आजबाट प्रदर्शनमा

सफल खबर संवाददाता

शुक्रबार, २३ फागुन २०८१, ११ : २२
चलचित्र ‘होस्टेल ३’ आजबाट प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘होस्टेल ३’ आजबाट देशभर प्रदर्शनमा आएको छ । 

चलचित्र ‘होस्टेल ३’ सशान कँडेलले निर्देशन गरेका हुन् । ‘होस्टेल’को तेस्रो संस्करणको रूपमा निर्माण भएको चलचित्र युवा पुस्तालाई लक्षित छ । चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् ।

चलचित्रको कथा माधव शर्माले लेखेका हुन् । चलचित्रको निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् । कार्यकारी निर्माता शंकर कोइराला हुन् । 

 

प्रतिक्रिया दिनुहोस